मौसम

काठमाडौंमा पानी पर्‍यो, चट्याङ तथा असिनासहित

By Saru Sunar

April 16, 2021

काठमाडौँ, ३ वैशाख । काठमाडौँमा पानी परेको छ । चट्याङ तथा असिनासहित वर्षा भएको हो ।लामो समयपछि परेको पानीका कारण प्रदुषण कम हुने भन्दै स्थानीयबासी खुशी भएका छन् । काठमाडाैँमा दिउँसै अध्याँराे भएकाे छ । शुक्रबार अपराह्नबाट वर्षा सुरु भएको हो भने अहिले पनि वर्षा जारी रहेको छ ।

प्रिमनसुन सक्रिय भएका कारण यो अवस्था दुई तीन अझै रहने मौसमविदले बताएका छन् । जल तथा मौसम विभागका अनुसार मेघगर्जनसहित देशका विभिन्न ठाउँमा पानी परेको हो ।