हातले हिडेर कृतिमानी कायम गर्ने ऋषिको सपना अधुरै



दिपक बोहरा, तुलसीपुर ९ पुस ।

 


तुलसीपुर उपमहानगरपालिका ३ निबासी ऋषि परियार हातले टेकेर तीन किलो मिटर हिड्न सक्छन् । यो भन्दा सबैलाई अच्चमा लाग्न सक्छ । तर उनी साढे दुई घण्टा लामो यात्रा हातले हिडेर तीन किलोमिटर पार गर्न सक्छन् । अहिले सम्म १६ सेकेन्डमा ५० मिटर हिडेर बिश्व किर्तिमानी कायम गरेका छन् । ऋषिले हातले हिडेर लामो दुरी पार गरेर बिश्वकिर्तीमानी कायम गर्ने दौडमा छन् । तर आर्थिक अभाबमा उनको बिश्व किर्तीमानी कायम गर्ने सपना पुरा हुन सकेको छैन्, उनले हिम्मत भने हारेका छैनन् ।

जसरी पनि बिश्व किर्तीमानी कायम गरेरे देखाउने उनी बताउछन् । ‘म हातले टेकेर लामो दुरीको यात्रा पार गरेर विश्वकृतिमानी कायम गरेर देखाउने प्रक्रियामै छु ।’ उनले भने ‘ तर आर्थिक अभाब हुँदा प्रक्रिया अघि बढाउन समस्या रहेको छ ।’ लण्डनमा रहेको गिनिज बुकको कार्यालयबाट कर्मचारी नेपाल बोलाउँदा करिब १० लाख खर्च हुने उनले बताए ।

उक्त रकम आफुसंग नभएकाले आफ्नो गिनिज बुकमा नाम लेखाउने सपना पुरा नभएको उनले बताए । लण्डन जान धेरै पैसा लाग्ने भएपछि उनले नेपालबाट लाईभ गरेर भएपनि प्रतिस्पर्धामा सहभागी हुने उनले वताए । नेपालबाट अनलाईनमा लाईभ गरेर देखउँदा करिब ८÷९ लाख सम्म खर्च हुने उनले वताए । ‘नेपालबाटै अनलाईनमा लाईभ गर्दा करिब ८÷९ लाख खर्च हुन्छ’ उनले भने ‘ तर अहिले आर्थिक अभाबले गर्दा प्रक्रिया अघि काम अघि बढेको छैन् ।’

बिश्वमै दाङको नाम चिनाउने उदेश्य रहेपनि घरको आर्थिक अबस्था कम्जोर रहेकाले उदेश्य पुरा हुन नसकेको बताए । आफु गिनिज बुकमा नाम लेखाउन सके दाङ सहित समग्र नेपालको नाम बिश्वम चिनिने उनले बताए । यस्तो कार्यका लागि सबै एक जुट भएर लाग्नु पर्ने उनको भनाई छ । ‘दाङ सहित नेपालको नाम बिश्वमा चिनाउने लक्ष्य छ’ उनले भने‘ यस कार्यमा सबैले हातेमालो गर्न सके सहज हुनेथियो ।’ बै संघसंस्था, अग्रज,बुद्धिजिवी, व्यबसायीलगायतबाट सहयोगको अपेक्षा गरेको समेत उनले बताए ।

अहिले केही संघसंस्था तथा ब्यक्तिहरुबाट ५०÷६० हजार रुपैंया मात्रै संकलन भएको उनले वताए । घरको आर्थिक अबस्था कम्जोर हुँदा आफ्नो क्षमता बिश्व सामु पु¥याउन नपाउँदा भने उनी चिन्तित बनेका छन् । समान्य दलित परिवारमा हुर्किएका उनका वुवाले सिलाईको काम गर्छन् । तर ऋषिले जस्तो सुकै परिस्थितमा पनि गिनिज बुकमा नाम लेखाएरै छोड्ने उनको अठोट छ । यसरी आँट गरे ऋषिले गिनिज बुकमा नाम लेखाउन

तुलसीपुर–३ राणागाउँ घर भएका उनी सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने गर्थे । उनी सानैदेखि जिम्यास्टिक, उफ्रने, दौड्ने, खेल खेल्न बढी रुचाउथे । १४ बर्ष अघि उनको मनमा मानिस खुट्टाले त हिड्छन्, तर हातले हिडे कस्तो हुन्छ होला ? यो प्रश्न उनको मनमा खेल्न थाल्यो । उनले मनमा उक्त प्रश्न खेलाई रहन मानेनन् । अनि आफै हातले हिड्ने अभ्यास गर्न थाले ।

अभ्यास गर्दै जाँदा उनी बिस्तारै हातले उभिन सिके । केही समयको प्रयासपछि बिस्तारै बिस्तारै हिड्न सुरु गरे । यसरी प्रयास गर्दै जाँदा अहिले उनी हातले हिड्न थालेको १४ बर्ष पुग्यो ।

१४ बर्षको लामो संघर्ष र प्रयास पछि उनी अहिले उकालो, ओरालो समेत हिड्न सक्ने भए । यहि सीपलाई लिएर उनी बिश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन् ।आफुले अठोट लिएको १४बर्ष पछि त्यसको परिणाम निस्कने गरि संघर्ष गरिरहेका छन् । ‘ हातले टेकेर बिश्व किर्तिमान कायम गर्छु भन्ने अठोट लिएर हातले हिड्न शुरु गरे’ उनले भने । उनी सडकमा मात्रै होईन, उकाली आरोलीसंगै भ¥याङमा पनि राम्रो संग हिड्न सक्छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्