वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन



४ बैशाख, काठमाडाैँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्यामदास वैष्णवको जन्म वि.स. १९८१, श्रावणमा ज्ञानेश्वर, मैतीक्षेत्र, काठमाडौमा भएको थियो । हाल उहाँका श्रीमती, तीन छोरा र चार छोरी छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णव कविता र गीतमा विशेष दख्खल राख्नुहुन्थ्याे । उहाँ महाकवि देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिनुहुन्थ्याे । देवकोटा मुखले भन्नुहुन्थ्याे भने वैष्णवले लेखिदिनुहुन्थ्याे । उहाँका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्नुहुन्थ्याे ।

नेपाली साहित्यमा उनका ७ वटा कृति प्रकाशित भएका छन्। महाकवि लक्ष्मी प्रसाद देवकोटाका प्रिय व्यक्ति रहेका वैष्णवले देवकोटाका धेरै पुस्तकहरु लेखेका थिए। कवि वैष्णव गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, त्रिमूर्ति पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार र नइ देरूनीख प्रदीप्ति पुरस्कारबाट सम्मानित भएका थिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्