सैघाली खबर
दाङ, ९ माघ । ‘उद्योग व्यापार कृषि एवं पर्यटकिय विकास , परनिर्भर अर्थतन्त्रको निकास ’ भन्ने मुल नाराका साथ आगमी फागुन ३ देखी १३ गते सम्म दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरिय औद्योगिक कृषि प्रदर्शनी २०७४ घोराहीमा हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा ग्रामिण उद्यम तथा उद्यमीहरुको प्रवद्र्धन, दाङ लाई औद्योगिक क्षेत्र स्थापनाका लागि टेवा पु¥याउने महोत्सव मुल आयोजक समितिले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ दाङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक नारायण प्रसाद भुषालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा महोत्सव निर्देशक धु्रवराज श्रेष्ठ ‘ भारी’को प्रमुख आतिथ्यता सम्पन्न पत्रकार सम्मेलनमा दाङ साना तथा मझौला उद्यम र उद्यमी प्रवद्र्धन तथा दाङको धर्ना लाई औद्योगिक नगरीका रुपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव सञ्चालन गर्न लागिरहेको महोत्सव हो । यस वर्षको महोत्सवमा जिल्लामै उत्पादित कृषि उपजहरु लाई प्राथामिकता साथ राखिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो । करिव ५ लाख दर्शकहरु लाई अबलोकन गराई २० लाख वढिको कारोवार गर्ने मुल आयोजक समितिले लक्ष्य राखेको छ ।
महोत्सव सञ्चालनका लागि संघका अध्यक्ष नारायण प्रसाद भुषालकोसंयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै संघका पुर्व अध्यक्ष हेमराज बन्जाडेको संयोजकत्वमा आर्थिक संकलन समिति , मधुसुदन बैद्यको संयोजकत्वमा अतिथि संत्कार समिति , चन्द्रराज पन्तको संयोजकत्वमा संघसंस्था समन्वय समिति र माधव प्रसाद शर्माको संयोजकत्वमा अनुगमन तथा मुल्याङकन समिति गठन गरिएको छ ।
त्यस्तै उपाध्यक्ष द्वय बसन्त जोशी र टंकसिंह बुढाथोकी र महासचिव नरेश कार्की मुल आयोजकको सह संयोजक रहनुभएको छ । त्यस्तै महिला उद्यमी तथा धार्मिक उप समितिको संयोजकमा बिन्दु दाहाल, आर्थिक संकलन उपसमितिको संयोजकत्वमा शुशिल पोख्रेल, साहित्य तथा प्रचार प्रसार समितिको उपसमितिको संयोजकमा माया कुमारी पोख्रेल, भौतिक निर्माण तथा भोजन आबास उपसमितिको संयोजकमा राम प्रसाद पोख्रेल, स्टल व्यवस्थापन उपसमितिको संयोजकमा टंक प्रसाद पोख्रेल, सुरक्षा तथा पार्किङ उपसमितिको संयोजकमा छवि नारायण गिरी रहनुभएको छ ।
त्यस्तै स्वयम सेवक परिचालन तथा मञ्च व्यवस्थापनको उपसमितिको सयोजकमा महेन्द्र बुढाथोकी, साँस्कृतिक व्यवस्थापन उप समितिको संयोजकमा मिनराज भाट , टिकट सरसफाई , खानेपानी तथा प्राथामिक उपचार उपसमितिको संयोजकमा पिताम्वर पौडेल र शोभायात्रा तथा बाल उद्यान उपसमितिकोख संयोजकमा धनपति शर्मा रहनुभएको छ । त्यस्तै महोत्सव सल्लाहाकारहरुमा पूर्व अध्यक्षहरु तोरणध्व श्रेष्ठ, भरत बुढाथोकी र रामदयाल गुप्ता रहनुभएको छ । कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।