त्रिकोणात्मक टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले दियो नेपाललाई १३७ रनको लक्ष्य



वैशाख ४,काठमाडौं ।  नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु भएको छ । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३७ रनको औसत लक्ष प्रस्तुत गरेको हो ।

नेदरल्याण्ड्सका लागि बस डे लिडेले सर्वाधिक ४१ रन बनाए भने स्कट एडवार्डसले ३० रन बनाए। त्यस्तै कप्तान पिटर सेलरले अविजित २३ रन बनाउँदा एन्टोनियस स्टलले अविजित रहँदै २० रन जोडे ।  बलिङमा नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट तथा स्पिनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।  करण केसीले ४ ओभरमा २२ र अविनाश बोहराले ४ ओभरमा २५ रन खर्चिएर विकेट लिन सकेनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्