सिचाइ नहर बन्ने भएपछि स्थानीय हर्षित



उत्तम कुमार थापा, बझाङ

सिचाइ नहर बन्ने भए पछि स्थानीय हर्षित भएका छन । जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ कालुखेतिकाे छात्रबस्ति गाउँकाे सिचाइ नहर बन्ने भएको हाे । विगत २ वर्ष देखि पाटादेवल जाेडिएकाे सडकले अवरुद्ध बनाएकाे र बाढीपहिराेले बगाएको लाटेखेत नहर बन्ने भएको छ ।

छात्रबस्तिका अधिकंश घरपरिवारले २ वर्ष सम्म आफ्नो खेतियाेग्य जमिन बाझाे राख्नु परेको थियाे । अहिले कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्ट आफै सिचाइ कुलोकाे अनुगमन गर्न पुग्दा उहाँले गाउँलेको दुख देखेर आउदो एक हप्ता भित्र काम सुरु गर्न अनुराेध गर्दै कृषककाे पिडामा मलम लगाउनु भएको हाे । ज्ञान केन्द्र बझाङका प्रमुख विष्ट गाउँमा गएपछि स्थानीय खुसि हुँदै फुलमालाले सम्मान गरेका थिए अहिलेसम्म न कतै बाट याेजना आयो न कतै बाट नेताले हेरे अहिले तपाईं  आएपछि सिचाइ कुलाे बन्ने भन्ने कुरा सुनेर स्थानीय खुसि व्याक्त गरिरहेको सुरेन्द्र थापाले बताए ।आज कृषककाे पीडा बुझ्न गाउँमा पुगेका प्रमुख विष्टलाई स्थानीयले भव्य स्वागत गरेका हुन । प्रमुख विष्टले भने तपाईं काम सुरु गर्नुहाेस यसपालि अषाढ लगाउने गरेर सिचाइ काम अगाडि बढाउन स्थानीय लाई आग्रह गर्नुभएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्