मुख्य समाचार

शहरी क्षेत्रका वैशाखभर विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

By Saru Sunar

April 17, 2021

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै मन्त्रिपरिषद्लाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको पनि जनाइएको छ । सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड-१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा विद्यालय बन्द गर्ने शब्द छैन । ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ’ उनले भने, ‘अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’