लुम्बिनीमा नयाँ सरकार बनाउने प्रचण्ड



४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा पनि सरकार परिर्वतन हुने संकेत गरेका छन् । सरकार परिर्वतन गर्न करिब–करिब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन भइसकेको उनले बताए ।

शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गरे ।

राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने उनीहरुको प्रतिकारमा आफूहरु लागेको भन्दै उनले कर्णालीमा के भयो भन्ने सबैले देखेको बताए । गण्डकी प्रदेशमा पनि सरकारको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले भने, ‘लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब–करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ ।’

उनले अघि भने, ‘केन्द्रमा पनि अन्योल र अराजकताको स्थिति अन्त्य गर्न हामी लगातार प्रयास गरिरहेका छौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्