शिक्षकलाई अनिवार्य मास्क लगाउन आग्रह- श्रेष्ठ



कपिलवस्तुको बुद्धभूमि नगरपालिले विधार्थी र शिक्षकलाई अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्ने निर्णय गरेको छ । आज नगरपालिकामा सरोकारवालाहरुसंग बसेको वैठकमा विधार्थी र शिक्षकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्ने निर्णय गरेको हो ।

वर्तमान समयमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलिएकाले र बालवालिकामा समेत संक्रमणको जोखिम रहेको भन्दै वैठकले सो निर्णय गरेको बताएको छ ।

अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षित तरिकाले स्वास्थ्यका मापदण्ड अपनाएर मात्र विद्यालय पठाउन नगरपालिका मेयर केशव कुमार श्रेष्ठले आग्रह गर्नुभएको छ । मेयर श्रेष्ठले सम्पूर्ण नगरवासीलाई सचेत रहन भन्दै स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आह्वान गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्