दाउन्ने बस दुर्घटना अपडेटः ३ जनाको निधन



नवलपरासी, ४ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार घाईते मध्ये ईलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाले विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ बर्षीय हिमलाल न्यौपाने रहेका छन् । २८ जना घाइते रहेका छन् । घाइतेहरु सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार घाईतेहरुलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारार्थ लगिएको छ ।

बुटवलबाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ७००० नम्वरको बस अनियन्त्रित भई दाउन्ने बजार नजिक सडक बाट करिव २ सय मिटर तल खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्