टप फिचर

घरखोज्दै हिडिरहेका मान्छेको पक्षमा, कविता – राजमार्गको जूलूस

By Saru Sunar

April 18, 2021

हिरा सुनार”सारथी” ०७७,१,६ घोराही दाङ राजमार्गको एउटा छेउ समाएर निक्लीएको छ अचेल, दिनहु जसो भब्य जूलूस थाहा छैन किन र कुन मोर्चाका लागि ,निक्लियो बडो जोडतोड्ले हिडिरहेछन जुलुसमा सामेल मान्छेहरु लाग्छ निकै टाढा छ पुग्न उनिहरु

सड्क तातिएको छ,डामिएका छ्न पैतलाहरु तातै चलिरहेछ बतास ,पोलिएको छ अनुहार चौतारी पनि पात झरेर नाङ्गै छ छैन कतै सितल प्यासले ओठहरु सुकेका छ्न जिउ निथुक्र भिजेको छ पसिनाले र पनि कुनै प्रबाह नगरी पिडाको बडो जोडतोडले हिडिरहेका छ्न जुलुसमा सामेल मान्छेहरु लाग्छ बरु गन्तव्य छुटने पिर मात्रै छ उनिहरु सङ्ग!

जुलुस ,जुलुस लडाइँमा निक्लिएको हो भनौ भने बारुदको कुनै गन्ध छैन न हातहतियार भिरेका छ्न चक्का जाम गर्न निक्लिएकि भनौ भने देस आफै चक्काजाम छ न नारा लगाउछ्न छ्न न माइक बजेको छ न कोणसभा मा जुट्छ जुलुस न कुनै पार्टी विशेष झन्डाहरु बोकेका छ्न बोकेका छ्न त केबल कुम भरि झोला थाप्लो भरी गुन्टाहरु धेरै क्लेस ,र थोरै आस बोके झै देखिन्छ। अनुहार पनि छैन उज्यालो ,अनिदो झै देखिन्छ ! तै पनि बडो जोडजोड ले लम्किएका छ्न जुलुसमा सामेल मान्चेहरु लाग्छ कि बाटो छुट्ने पिर मात्रै छ उनिहरु सङ्ग!

जुलुस ,जुलुस ! सडकको एउटा छेउ समाइ हिडन थालेको कतिऔ दिन पुग्यो कुनै अत्तोपत्तो छैन न कुनै दलको ध्यान पुगेको छ न कुनै अधिकारकर्मिको भ्यान पुकेको छ राहत बाड्न निक्लिएको अध्यक्ष ज्यु को जिप उनिहरुकै छेउ भएर सुइकीन्छ र पनि रुक्दैन,न कुनै सोधखोज गर्छ बरु खिल्ली गरे झै ,उनिहरुको घरीघरी ओहोरदोहोर गर्छ हर्न बजाउदै मिडिका पर्दाहरुमा पनि ठुलै कोकाहल छ कुनै मुर्त खबर छैन उनिहरु बारे आखिर कहाँ निक्लियो ह यो जुलुस?

आखिर कहा निक्लियो यो जुलुस किन हिडिरहेकाछौ चुपचाप यो सुनसान सडक भन य मान्छेहरु भन कहाँ जादैछौ यो जुलुस लिएर?

खोलिदेउ तिम्रो जुलुसको बाध्यता र यथार्थ भनिदेउ भोकै छौ या प्यासै लेखाइदेउ एकएक गरि ,यो जुलुस को दैनिकि पैतलाहरु तातो सडक्ले डामिदा कस्तो हुन्छ भन बैशाखे धुपले पोलिएको तिम्रो अनुहार पनि देखाउ अनिदो जिउ रात दिन हिडाउदा कस्तोहुन्छ त्योबेला त्यो सुनाउ किन चुपचाप छौ तिमिहरु कि सरकारले देसद्रोहिको मुद्दा लगाउछ्न कि भन्ने डर छर कि यो भन्दा पनि बडि यातना भोक्नु पर्छ कि भन्ने पिर छर! नडराउ य बहादुर मान्छेहरु,त्रसित हुन छोड बरु लगाउ जोड जोड नारा उठाउ दुदैहात र खबरदारी गर तिम्रो जिन्दगी सङ्ग खेलाची गर्ने सबैलाई ! आखिर तिमिले यो भन्दा ठूलो यातना के नै बेहोर्नु पर्ला र यो भन्दा कठिन यातना के नै होला र ससारमा जो तिमी भोगी रहेछौ! जो तिमी झेलिरहेका छौ!