राष्ट्रियसभा निर्वाचन, मनोनय दर्ता आज



सैघाली खबर
दाङ,१० माघ आगमी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी आज बुधवार मनोनय दर्ता हुने भएको छ । देशका सातवटै प्रदेशमा मनोनय दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयमा जनाएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म मनोनयदर्ताको समय तोकिएको छ । मनोनय दर्तापछि आजै बेलुका ४ देखि ५ बजेसम्म उम्मेदवारको सूची प्रकाशन , माघ ११ गते १० देखि ५ बजे सम्म उम्मेदवारको विरोधमा उजुरी , माघ १३ गते १० देखि ५ बजेसम्म मनोनयपत्र र उजुरीको माथी छानविन , १४ गते १० देखि १ बजेसम्म मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन ,१४ गते १ बजेदेखि १५ गते २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने र १५ गते ३ देखि ४ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । सोही दिन ४ देखि ५ बजेसम्म निवार्नचन चिन्ह प्रदान गरिनेछ । यस्तै प्रदेश नं. ५ को मनोनय दर्ता पनि आज हुदैछ । त्यसका लागी मनोनयपत्र दर्ता पनि घोराहीमा हुनेछ । मनोनयपत्र दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यी हुन ५ नं. प्रदेशका उम्मेदवार

एमाले , माओवादी काग्रेस लगाएतका सबैदलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट गरेका छन् ।
ज्स अन्तरगत एमालेका तर्फबाट रामलखन खनाल दलित, (पश्चिम नवलपरासी) खिमलाल भट्टाराई खुला, रुपन्देही मीना बुढा महिला (रोल्पा) कोमल वली महिला (दाङ) काँग्रेस दुर्गाप्रसाद उपाध्याय खुला (रुपन्देही) अनिता देवकोटा महिला (दाङ) मैकुलाल बाल्मिकी दलित (बाँक)े लुटबहादुर खत्री (अपांग पूर्वीरुकुम) माओवादी केन्द्र राजकुमार कवँर (अपांग रोल्पा) चन्द्रबहादुर खड्का (खुला अर्घाखाँची )राजमो रश्मीराज नेपाली(खुला दाङ)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्