Banner Second

सुनसरीबाट भारतीय नोटसहित एकजना पक्राउ

By थाहा अनलाइन

April 18, 2021

सुनसरी । सुनसरीमा भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको धरान उपमहानगरपालिका–४ का ५५ वर्षीय नौसाद मिया भारतीय नोटसहित पक्राउ परेका हुन् ।

शनिबार मियाको साथबाट प्रहरीले ५ सय दरका २०६ थान गरी एक लाख ३ हजार भारतीय नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।