सैघाली खबर
दाङ, १० माघ । नारायणपुरमा यही माघ १२ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सञ्चालन हुने ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजक नारायणपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ हुने महोत्सवमा दैनिक कलाकारिताका विभिन्न विधाका कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।
२ सय बढि स्टलहरु रहने महोत्सवकालागि मंगलवारसम्म ७० प्रतिशत स्टल बुकिङ भईसकेको छ । साथै स्टल बुकिङकालागि नारायणपुर एद्योग वाणिज्य संघको कार्यालयमा सम्पर्क गर्न अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहने उहाँले जानकारी दिनुभयो । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव दिपक सुवेदीे जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।