अपराध

नेपालगञ्जस्थित कोरियनपुरमा ब्राउन सुगर सहित ५ जना पक्राउ

By Saru Sunar

April 18, 2021

वैशाख ५, बाँके। बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथमा ब्राउन सुगर फेला परेको थियो ।