जेठ २८
नेपाली कांग्रेसले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।
पार्टी कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले नेपालगन्जको मेयरमा डा। सुरेशकुमार कनोडियालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। नेपालगन्जको उपमेयरमा उमा थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै बैठकले कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र उपमेयरमा सञ्जुकुमारी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। योसँगै कांग्रेसले बाँकेका सबै स्थानीय तहमा पार्टीका उम्मेद्वारको टुंगो लगाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।