सैघाली खबर
काठमाडौँ १० माघ । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बर बाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् । गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित गरेको छ । अन्य प्रदेशमा भने टुंगो लाग्न बाँकी छ ।
बामबाट पोखरेल चुनौती धेरै
एमाले स्थायी समिति सदस्य एवं दाङ २ (क) बाट प्रदेशसभा सदस्य शंकर पोखरेल संसदीय दलको नेता चयन भएपछि अब मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ । प्रदेशका कुल ८७ सदस्य मध्ये एमालेका ४१ र माओवादीका २० रहेका छन् । कांग्रेस १९, फोरम ५, राजपा १ र जनमोर्चा १ रहेका छन् । वाम गठबन्धनको सहज बहुमत भएको र माओवादीले मुख्यमन्त्री दाबी नगरेकाले पोखरेलका लागि बाटो खुला देखिएको हो । तर उनी चुनौती बिहीन भने छैन । अस्थायी मुकामकै विषयले जिल्ला पोखरेले प्रति आक्रोश व्यक्त भइरहेको छ । एमालेकै नेता विष्णु पौडेलले बुटवलका लागि कडा लबिइङ गरिरहेका बेला पोखरेलको रोजाइ दाङ छ । मुख्यमन्त्री भइसकेपछि यो मुद्दालाई कसरी व्यवस्थापन गर्छन भन्ने चुनौती उनीसामु छ । प्रदेश राजधानीको मुद्दा अब प्रदेशसभाबाट एक कार्यदल बनाएर टुंगो लगाउन सकिने पोखरेलको विश्वास छ ।
‘अब प्रदेशसभाबाट एक कार्यदल बन्छ । उक्त कार्यदलले अध्ययन गरेर राजधानीको विषय उचित व्यवस्थापन गरिन्छ, उहाँले भन्नुभयो । दुई तिहाइ बहुमत बुटवल या दाङ कसैको पनि नपुग्ने भएकाले यसबारे अहिले आत्तिनुपर्ने अवस्था छैन । कार्यदलको सुझावअनुसार सबैको चाहनालाई सम्बोधन गर्न सकिन्छ । केन्द्रीय राजनीतिमा बलियो उपस्थिति जनाउँदै आएका पोखरेल अब प्रदेशमै सीमित हुन्छ । भन्ने एकथरीको चर्चा छ भने अर्का मुख्यमन्त्री भएर उदाहरणीय काम गर्ने अवसर आएको बुझाइ पनि उत्तिकै छ । पोखरेल आफैंले पनि यसलाई अवसरका रूपमा लिएका छन् । मेरा लागि यो अवसर हो । प्रदेशलाई नमुना बनाएर म केन्द्रीय सरकारलाई नै मार्गदर्शन गर्न सक्छु,उहाँले भन्नुभयो । नमुना प्रदेश बनाउने योजना पनि मैले तयार पारेको छु उहाँले भन्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।