प्रदेश ६

‘कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ट ११ मा पुगे फुलवारीका दर्पण शर्मा

By Saru Sunar

April 18, 2021

कैलालीको धनगढी उपमहानगरपालिका – १८ फुलवारी का दर्पण शर्मा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट ११ मा पुगेका छन् । अब पब्लिक भोटिङको आधारमा अगाडी बढ्ने भएका छ्न ।

कमेडी च्याम्पियन सिजन २ मा ६ हजार भन्दा बढी डिजिटल अडिसनमा सहभागीमध्येबाट उत्कृष्ट २४ ,१५ हुदै दर्पण अब कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को शुक्रबारको एपिसोड बाट उत्कृष्ट ११ मा छानिएका छ्न । उत्कृष्ट ११ मा छानिएपछि अब भने उनी पब्लिक भोटिङको आधारमा आगाडी बड्ने भएका छ्न । आज राती (शनिबार) १० बजे देखि मंगलबार राती १२ बजे सम्म भोटिङ खुला रहनेछ । उनलाई भोट गर्न प्रभु पे (probhu pay) मार्फत भोटिङ कोड ०८ मा भोट गर्नसकिनेछ ।