राष्ट्रियसभामा दाङबाट तीन जनाले प्रतिस्प्रर्धा गर्दै




सैघाली खबर
दाङ,१० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनय दर्ता आज गरिदैछ । राष्ट्रिय सभाको निर्वाचनका लागि दाङबाट ३ जना उम्मेदवार दिएका छन् । नेपाली कांग्रेसले प्रदेश नंं ५ मा पूर्व सांसद अनिता देवकोटा, नेकपा एमालेका तर्फबाट कोमल ओली , राष्ट्रिय जनमोर्चाका तर्फबाट रश्मीराज नेपाली राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्दै हुनु हुन्छ ।

प्रत्येक प्रदेशमा ८ जना निर्वाचित हुँदैछ ।नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ । धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठजना गरीे निर्वाचित ५६ जना रहने व्यवस्था छ ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्