बृद्धाश्रममा खानेपानीका सामाग्री वि​तरण



सैघाली खबर
दाङ ,१० माघ

तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा रहेको बृद्धाश्रममा खानेपानीका लागि बिभिन्न सामाग्री प्रदान गरिएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहयोगमा खानेपानीका बिभिन्न सामाग्री हस्तान्तरण गरिएको हो ।

बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहज खानेपानीको व्यवस्था गराउने उदेश्यले खानेपानी मोटर, क्ुवाबाट पानी निकाल्न आबश्यक पर्ने पाईपलगायत अन्य सामाग्री सहयोग गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सदस्य रञ्जन कुमार गौतमले जानकारी दिए ।

सदस्य गौतम र ईञ्जिनियर बिक्रम बाबु केसीको टोलीले बृद्ध सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द केसीलाई मंगलबार ती सामाग्री हस्तान्तरण गरिएको हो ।पाँच जना बृद्धबृद्धा बस्दै आएको बृद्धाश्रममा यस अघि खानेपानीको कुवा मात्रै रहेको र त्यसबाट बृद्धबृद्धिलाई पानी तान्न असहज थियो ।

त्यसैलाई मध्यनजर गरी ती सामाग्री प्रदान गरिएको सदस्य गौतमले जानकारी गराए । खानेपानी सहज बनाउन सामाग्री उपलब्ध गराएसंगै बृद्धबृद्धालाई खानेपानीको आपुर्ति सहज भएको छ । बृद्धाश्रममा ७० ÷ ७५ बर्ष माथिका पाँच जना बृद्धबृद्धाहरु बस्दै आएका छन् । खानेपानीका सामाग्री उपलब्ध भएसंगै बृद्धबृद्धालाई खानेपानीको लागि सहज भएको बृद्ध सेवा समितिका सदस्य समेत रहेका गौतमले वताए । ​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्