पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिंह सुवालको निधन



वैशाख ६, काठमाडौं । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिंह सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको छ । उनी ९३ वर्षका थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौं नगरको मेयर पनि थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।  दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्