प्रदेश समाचार

कर्णाली प्रदेशमा चैतेदशैँको दिन सार्वजनिक बिदा

By Thah Online

April 19, 2021

काठमाडाैं । कर्णाली प्रदेशमा चैतेदशैँको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो। कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको सचिव पौडेलले बताए।