आर्थिक

दुई कम्पनीकाे साधारण सभा मंगलवार हुदै

By Thah Online

April 19, 2021

काठमाडौं। दुई ओटा अलग अलग कम्पनीको साधारण सभा मंगलवार हुन लागेको छ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीले मंगलवार साधारण सभा गर्न लागेका हुन्। कालिका लघुवित्तले बिहान ८ बजे होटल टास्क इन्टरनेशनल प्रालि कास्कीमा साधारण सभा बोलाएको हो।

सभाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। गत चैत २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्। त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले सभा युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा बिहान ११ बजे गर्न लागेको हो।

सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दूई जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।