वीरगञ्जमा मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ



वैशाख ६, काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा बाराको फेटा गाउँपालिका घर भई वीरगञ्ज महानगरपालिका–१३ बस्दै आएका २० वर्षीय रेयाज मियाँ ठकुरी छन् ।

प्रदेश–२–३–००७ नम्बरको सेतोमा रातो रंगको मोटरसाइकलको लक फुटाएर चोरेर लाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । मोटरसाइकल चोरीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शनिवार वीरगञ्ज महानगरपालिका–१६ स्थित घरमा पार्किङ गरेर राखेको बिशाल शाहको मोटरसाइकल रेयाजले चोरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्