आर्थिक

सिभिल लघुवित्त वित्तीय संस्थाकाे एकैपटक ७ वटा शाखा संचालनमा

By Thah Online

April 19, 2021

काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्थाले सात जिल्लामा ७ वटा शाखा कार्यालयहरु संचालन गरेको छ। संस्थाले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको जनाएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय भएको यस संस्थाले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको थियो। अब नयाँ सात शाखा संचालन पछि ६२ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने भएको छ।