अछाम जेसिजले उद्यमशीलता विकास सम्बन्धि ५ दिने तालिम गर्दै



टेकराज भण्डारी, बैशाख ५, अछाम।

उद्यमशीलता विकास सम्बन्धि पाँच दिने तालिम अछामको मंगलसेनमा आयोजना गरिने भएको छ । विजनेश ईन्क्युवेशन एण्ड एक्सलेरेशन प्रोग्राम अन्तर्गत उद्यमशीलता सम्बन्धि तालिम सञ्चालन हुन लागेको हो । युएसएडको आर्थिक सहयोग, डिभीएस तथा कर्णाली रिभर बेसिन कन्जर्भेशन फण्ड र बिआर्सी नेपालको सहजीकरण तथा अछाम जेसिजको आयोजनामा तालिमको आयोजना गर्न लागिएको हो । सोमबारबाट शुरु हुने तालिमको बारेमा आज मंगलसेनमा भएको पत्रकार सम्मेलनमा तालिमको बारेमा जानकारी गराईएको हो ।
अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली रिभर बेसिन कन्जर्भेशन फण्ड का प्रमुख गौरब देवकोटाले संस्थाले गरिररहेको काम र तालिमको बारेमा जानकारी गराउनु भएको थियो । आफुले कर्णाली नदीको उद्गम स्थलबाट पैदल यात्रा गरि ४४ दिन लगाएर अन्तिम स्थलसम्म पुगेको भन्दै यसको प्रभावित क्षेत्रमा उद्यमशीलताको विकास गर्न जरुरी रहेको उहाँले बताउनु भयो । तालिम दिने र उद्यमीका लागि आवश्यक सहज वातावरण सिर्जना गर्ने गरेको बताउनु भयो ।

तालिमका प्रशिक्षक किंग्स कलेज काठमाण्डौँका प्रतिकराज न्यौपानेले उद्यम गरिरहेका र गर्ने सोच भएकाहरुलाई उद्यमतर्फ थप आकर्षित गराई सफल व्यवसायी बनाउन तालिमले सहयोग गर्ने बताउनु भयो । तालिम व्यवहारिक हुने भन्दै युवामा उद्यमशीलताको विकास, सफल व्यवसायी बन्न प्रेरित गर्ने तथा राम्रो उद्यम गर्न सक्ने बनाउने तालिमको उद्देश्य रहेको प्रशिक्षक न्यौपानेको भनाइ छ । तालिममा २२ जना युवा उद्यमीको सहभागिता रहने तालिमको संयोजन गरि रहनु भएका जेसीजका निवर्तमान अध्यक्ष तुलाराम बिसीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक अभिषेक नेपाल पत्रकार शिवराज ढुंगाना, रामारोशन दैनिकका सम्पादक तथा अछाम जेसिजका पूर्व अध्यक्ष नरेशकुमार शाही, रेडियो गाउँघरका प्रमुख टेक बहादुर थापा, अछाम जेसिजका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अछाम जेसिजका महासचिव टेकराज भण्डारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्