हो कमरेड म कमलरी थिएँ : शान्ता चौधरी



काठमाडाैं । नेकपा एमाले संसदीय दलको सचेतक माननीय शान्ता चौधरीले सामाजिक संजाल मार्फत आफु कम्लहरी भएको स्वीकार गरेकी छन्। उनले फेसबुक मार्फत एक स्टाटस लेख्दै १८ बर्ष सम्म जमिन्दारको घरमा काम गरेको बताएकी हुन्। केहि दिन पहिले माधब नेपाल पक्षलाई लक्षित गर्दै उनले एक स्टाटस लेखेपछि कतिपयले उंलाई कम्लहरी भनि टिप्पणी गरेका थिए। उनले सामाजिक संजालमा यसरी सबै वृतान्त लेखेकी हुन् ।

लामो समय सम्म कम्लहरी भई बसेको र निकै दु ख पाएको कुरा सामाजिक संजाल मार्फत व्यक्त गरेकी छन्। “हो कमरेड म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल , मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।

त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ । कमरेडहरु , मैले कमरेड माधव नेपालको अपमान कहिले गरें रु एकपटक बताई दिनुहोस् न कमरेड १ मलाई संविधान सभाको सदस्य बनाउन वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें रु भनिदिनुहोस न कमरेड १ मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन रु मैले धेरै जानेको छु , मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ , घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन ।

 

तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड , आफुले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन । मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म ।  नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो , म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएन त्यसमा दुस्ख लाग्छ मलाई ।

आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन , एउटा श्रद्धा गरेको मेरो नेतालाई , आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु , बोलेर भन्छु , चिच्याएर भन्छु ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्