अपराध

नक्कली ७ जना डाक्टर प्रहरी नियन्त्रणमा

By Saru Sunar

April 19, 2021

वैशाख ६,  काठमाडौँ  । नक्कली प्रमाणपत्र पेश गर्ने ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौरजहारी अस्पताल रुकुम पश्चिमका दीपेन्द्र गौतम लगायत रहेका छन्। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ। सीआईबीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।