दलित भन्दै जातीय विभेद गर्ने भण्डारीलाई स्थानीयले लगाइदिए कालोमोसो र जुत्ताको माला (भिडियाे)



 

नबलपुर , नबलपुरमा दलित भन्दै जातीय विभेद, अपमान र दुव्र्यवहार गर्ने बिष्णु भण्डारीलाई स्थानीय गाउँले मिलेर जुत्ताको माला र कालोमोसो दलि गाउँ घुमाएका छन् ।नबलपुर जिल्लाको मध्यबिन्दु १मा बस्दै आएका बिष्णु भण्डारीलाई आइतबार कालोमोसो र जुत्ताको माला लगाइ गाउँ घुमाएको समाचार प्राप्त भएको छ ।

पटकपटक दलित समुदाय माथी जातिय विभेद र दुव्र्यवहार गर्दै आएका भण्डारीले पछिल्लो पटक नयाँ बर्षको अबसरमा आयोजित वनभोज कार्यक्रममा मध्यबिन्दु १ निवासी दिपक बिश्वकर्मा माथी दुव्र्यवहार गरेको बताइएको छ ।
सामुहिक बनभोज कार्यक्रममा भण्डारीले बिश्वकर्मालाइ किन बोलाएको ? यसले छोएको खान हुन्न भनी सार्वजनिक स्थलमा जातीय विभेद गरेका थिए । यतिमात्र होइन स्थानीय दलित समुदाय माथी जातीय विभेद र दुव्र्यवहार पटकपटक गर्दै आएको स्थानीयको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्