दिपक बोहरा,
तुलसीपुर १० माघ ।
दाङमा गएको आर्थिक बर्ष २०७३÷०७४ मा करिब तीन हजार लैंगिक हिंसाका घटना भएका छन् । सहयोग समाज नेपाल दाङले १६ वटा सुचकका आधारमा तयार पारेको तथ्याङ्क अनुसा दुई हजार आठ सय ३५ वटा लैंगिक हिंसाका घटना भएका छन् । ती मध्य सबै भन्दा बढी मानसिक यातान पाउने रहेका छन् । मानसिक यातना पाउने सात सय ४४, घरेलु हिंसाका ५ सय ७५, सम्बन्ध बिच्छेदका ५ सय ५०, कुटपिटका २ सय ५५, गाली बेईजतीका दुई सय ४७, बलात्कारका १ सय २६ घटना भएका छन् । त्यस्तै अन्तर जातिय विवहाका कारण भएको लंगिंक हिंसाका एक सय ४९, बाल विवहका ८३, सामाजिक हिंसा ४६, बहुविवाह ४४, घरबाट निकाला २०, मानव बेचबिखनका १८, बोक्सी १०, छुवाछुतका ६ वटा घटना भएका छन् । त्यस्तै एसीड फ्याक्ने, अपहरण तथा शारीर बन्धक १ जना रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।