सागर थापा, दाङ १० माघ।
५ नम्बर प्रहरी प्रमुख एआइजि मधु प्रसाद पुडासैनिले प्रहरीले ५ नम्बर प्रदेशमा स्पेशल आरएससीसी अपरेसन सुरुगरिएको बताउनुभएको छ । पत्रकारहरुसंग आफ्नै कार्यकक्षमा प्रदेश नं ५ को सुरक्षा संबेदनसिलता तथा सुरक्षा सम्बन्धि रणनिति सार्वजनिक गर्दे पुडासैनीले यस्तो बताउनुभएको हो ।
नेपाल प्रहरीले प्रदेश प्रमुख पुडासैनिको निर्देशन बमोजिम आरएससीसी अपरेसन प्रदेश नं ५ भरी सुरुगरिएको जनाएको छ । बढ्दो घरेलु हिंसा, सडक दुर्घटना, लागुऔषध ओसार पसार तथा प्रयोग र यसबाट घट्नेघटनाहरु, गुण्डागर्दी संगठित अपराध, नदिजन्य वस्तुहरुको अबैध उत्खनन् ओसार पसार , बनपैदावारको चोरी तस्करी लाई मध्येनजर गर्दे प्रहरीले यसलाई नियन्त्रण गर्न ७ सुत्रिय रणनितीहरु तय गरेको
पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । प्रहरीको आरएससीसी अपरेसन सडक दुर्घटना , लागू औषध ओसारपसार तथा गुण्डागर्दी एवं सुरक्षा सम्बेदनसिलतासंग प्रत्यक्ष जोडिने पुडासैनिले बताउनुभयो ।
जस अनुसार आक्रामक ट्राफिक चेकिङ्ग, जनपद प्रहरीको तैनाति, महिला प्रहरीको, व्यवस्था, प्रहरी काउन्सििलर को व्यवस्था र दण्ड जरिवानाको निति लिईएको प्रदेश प्रकरीक कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीलाई “ट्रिट विथ स्माईल” को निर्देन दिंदै आननागरीकहरुको न्यायमा पहुँच सुनिस्चि तगर्न प्रहरी हरदम तयार रहेको भन्दै सभ्य नागरीकले प्रहरीलाई अपराध नियन्त्रणमा सघाउपुर्याृन पुडासैनिले आग्रह गर्नु भयो ।
“प्रहरी जनताको साथी हो” पुडासैनिले भन्नु भयो जनताको साथविना प्रहरी सफल नहुने भन्दै दाङ जिल्लामा घटेका बहुचर्चित हेमराज धिताल हत्याकाण्ड को रहस्यको पर्दाफास पनि छिट्टैहुने जनतालाई आश्वास्त पार्नुभयो । जव सम्म ठेकेदारहरुले गुण्डा पाल्न छोड्दैनन तब सम्म ठेक्कापपट्टाको आडमा हुने गुण्डा गर्दी कम नहुने भन्दै प्रदेश प्रमुख पुडासैनिले दाङमा संगठित अपराध ले टाउको समेत उठाउन नपाउनेमा जनतालाई आश्वास्त पार्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।