प्रदेश समाचार

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

By Saru Sunar

April 20, 2021

काठमाडौं , ७ वैशाख, बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो  मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो ।

कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।