सैघाली खबर,
घोराही १० माघ।
माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ । पाँच नम्बर प्रदेशका लागि दाङको घोराही स्थित दाङ देउखुरी जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन ।
नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा माओबादीको तर्फबाट २ र राष्ट्रिय जनमोर्चाबाट एक जनाले मनोनयन दर्ता गराएका छन ।
नेकपा एमालेको तर्फबाट पश्चिम नवलपरासीका रामलखन हरिजन दलित कोटाबाट, रुपन्देहीका खिमलाल भट्टराई खुल्लाबाट, रोल्पाकी मिना बुढा महिला कोटाबाट र दाङ बाट कोमल ओली महिला कोटाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै नेपाली काँग्रेसबाट रुपन्देशीका दुर्गाप्रसाद उपाध्याय खुलाबाट, दाङकी अनिता देबकोटा महिला कोटाबाट, बाँकेका मैकुलाल बाल्मिकी दलित कोटाबाट र पुर्वि रुकुमका लुटबहादुर खत्रि अपांग कोटाबाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नेकपा माओबादी केन्द्रको तर्फबाट रोल्पाका राजकुमार कुँवर अपांग कोटाबाट र अर्घाखाँचीका चन्द्रबहादुर खड्का खुलाबाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट दाङका रश्मीराज नेपालीले खुलाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेशका १२ जिल्लामा रहेका ३ सय ५ जना मतदाताहरु रहेका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।