मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना



काठमाडौं । पर्सामा स्थानीय प्रशासनले बिनामास्क घर बाहिर निस्कनेलाई जरिवाना तिराउने अभियान चलाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयअनुसार सशस्त्र प्रहरीले बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न अभियान चलाएको होे।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर जरिवाना तिराउँदै एक थान मास्क समेत दिएर छाड्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्