सुनको मूल्य तोलामा ३ सयले घट्यो



वैशाख ७, काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँ भएको छ ।

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्