आन्तरिक हवाई उडानको भाडा बढ्यो : कहाँको कति ? (सूचीसहित)



काठमाडौं । वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्यमा हुने घटबढका आधारमा इन्धन शुल्क पनि स्वचालित गर्ने प्रणालीअनुसार शुल्क बढाइएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ ।

अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ । हाल सबैभन्दा बढि भाडा भएको काठमाडौं–धनगढीको हो । सो रुटकका लागि अब यात्रुले न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि सो स्थानको भाडा दर ५ हजार ६०० रुपैयाँ मात्र थियो । यसको अतिरिक्त उच्च मूल्यमा सो स्थानको भाडा ९ हजार ४८५ लाग्नेछ ।

कुन गन्तव्यको भाडा कति ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्