अन्तर्राष्ट्रिय

कोरोना खोप दोस्रो डोज लगाएका भारतका पूर्वप्रम सिंहलाई संक्रमण

By Thah Online

April 20, 2021

काठमाडाैं । कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएलगत्तै भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाइ  संक्रमित भएको   छ । उनलाई उपचारका निम्ति यतिखेर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को अस्पतालमा भर्ना गरिएको छ।

पूर्व प्रधानमन्त्री सिंहलाई ३ मार्चमा स्वदेशी कोभ्याक्सिनको पहिलो खोप र र ४ अप्रिलमा बुस्टर डोज दिइएको थियो। ८८ वर्षीय सिंहलाई खोप लगाएको दुई सातापछि नै कोरोना संक्रमण भएको हो।

सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतबार कोरोनासँग सुरक्षित रहन पाँच सल्लाह दिएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस सांसद राहुल गान्धीले सिंहको स्वास्थ्यलाभ कामना गरेका छन्‌।

राहुलले सोशल मिडियामा लेखेका छन्‌, ‘यो कठिन समयमा देशलाई तपाईंको मार्गनिर्देशन र सल्लाह खाँचो छ।’