दिपक बोहरा
तुलसीपुर १० पुस ।
तुलसीपुर उपमहानगरपालिका ६ की देउरुपा केसीले आफुले पढ्ने उमेरमा बिद्यालय जान पाईन् । घरायसी कारणले गर्दा बिद्यालय जान नपाउँदा उनी अहिले लेख पढ गर्न जान्दिनन् । तर उनलाई लेखपढ गर्ने रहर उनमा छ । ६० बर्ष उमेर पुगिसकेकी उनी अहिले हातमा कापी,कलम र किताब लिएर प्रोढ कक्षा पढ्न जान्छिन् ।
तीन महिने जीवन उपयोगी सीप सिक्न पाउँदा उनी निकै खुसी पनि भएकी छिन् । ‘पढ्ने वेला बिद्यालय जान पाईएन्’ उनले भनिन्‘ दुई चार अक्षर सिकिन्छ की भने अहिले प्रौढ कक्षा लिन थालेकी छु ।’ अहिले तुलसीपुर उपमहानगरपालिका ६ गोठलीगाउँका महिलाहरुले आमा समुह बनाएर ३ महिने जिवन उपयोगी शिक्षा पढ्न शुरु गरेका छन ।
त्यस्तै सोही देवा कुमारी उपाध्यायलाई पनि सानोमा आमा वुवाले पढ्न पठाएनन् । त्यसकारण उनले अहिले आफ्नो नाम समेत लेख्न सक्दिनन् । आफ्नो नाम लेख्न सिक्न र दुई चार अक्षर पढ्न सक्ने हुँनलाई आफु प्रौढ कक्षामा सहभागी भएको ६५ बर्षीया उपाध्यायले वताईन् । ‘ सानोमा आमा वुवाले बिद्यालय पठाएनन्’ उनले भनिन्‘ अहिले केही कुरा पढ्न, लेख्न सकिन्छ की भनी प्रौढ कक्षा लिन आएकी छु ।’
सधै भान्सा र घरको काममा सिमित हुनु पर्ने त्यहाँका आमाहरुले अहिले हातमा कापी,कलम, किताब लिएर प्रौड कक्षामा सहभागी हुन थालेका छन् । तुलसीपुर उपमहानगरापलिका ६ को आर्थिक सहयोगमा शुरु भएको प्रौड कक्षाको सुनौलो अबशरको फाईदा लिन तल्लिन छन्, आमाहरु ।
नयाँ कुरा सिक्ने, पढ्न्, लेख्न सिक्न् जागरुक रहेका छन् । अहिले केसी र उपाध्याय संगै ३३ जना महिलाहरुको समुहले प्रौढ शिक्षा लिईरहेको छ । आमाहरुको पढ्ने, लेख्ने तर्फ निकै चासो रहेको शिक्षिका सरस्वती भण्डारीले वताईन् । ‘अहिले आफ्ना छोराछोरीहरुले पढेको देख्दा, आमाहरुमा पनि त्यसैगरी पढ्न, लेख्न सिक्ने रहर रहेको छ’ उनले भनिन् ।
निरक्षर महिलाहरुलाई साक्षर बनाउन यो अभियान शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष नबराज लामिछानेले वताए । उनले प्रोढ शिक्षाबाट महिलाहरुले लेख्न पढ्न जान्नुका साथै आफ्ना हकहितका बारेमा थाहा पाउने बताईन । साथै महिलाहरुका हक अधिकारका बारेमा जानकारी दिए आफ्ना अधिकारका लागि लड्न सक्ने बनाउन पनि कक्षाले महत्वपुर्ण भुमिका निर्बाह गर्ने अध्यक्ष लामिछानेले वताए ।
तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक कार्यक्रम शुरु अध्यक्ष लामिछानेले वताए । यो शिक्षावाट उनीहरु सफल भएपछि उपमहानगरपालिका १९ वटै वडाहरुमा लागु गरिने बताए ।
दाङलाई २०७२ सालमा साक्षरता घोषणा गरिएको थियो । ११ औं जिल्लाका साक्षरता जिल्ला घोषण भएको दाङमा अझै पनि आफ्नो नाम लेख्न नसक्नेहरु रहेका छन् । दाङका १५ बर्षदेखि ६० बर्ष उमेरको जनसंख्यामा ९६ दशमलव ८ प्रतिशत मानिस साक्षर भएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।