दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते



वैशाख ७ , दाङ । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । ​राप्ती गाउँपालिका–५ कालापानी निवासी पुनम सुनारकी एक वर्षकी छोरी बिना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किँदा आमा र बालिका जलेर घाइते भएका थिए । लमही अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो । आमा पुनामको उपचार चलिरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण आमाको उपचारमा समस्या परेको स्थानीय खिमबहादुर केसीले बताए । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्