कक्षा १० को परीक्षा स्थगित



काठमाडौं । भारतले कक्षा १० को वार्षिक परीक्षा स्थगित गर्ने निर्याय गरेको छ। भारतको काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन सिआइसिएसई ले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सिआइसिएसईले विज्ञप्तीमार्फत् भारतमा बढ्दो कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको हो। विद्यार्थी तथा शिक्षकको स्वास्थ्य महत्तवपूर्ण रहेका कारण यस्तो निर्णय लिनु परेको विज्ञप्तीमा जनाइएको छ। तर कक्षा १२ को परीक्षा भने रद्द नहुने र तोकिएकै मितीमा हुने उल्लेख गरिएको छ। सिआइसिएसईले विद्यालयहरुलाई कक्षा ११ मा भर्नाको प्रक्रिया थाल्न भनेको छ। र वैकल्पीक माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।

त्यस्तै कक्षा १० को परीक्षा सञ्चालन गर्नेबारे पछि सिआइसिएसईले निर्णय गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ सय ६१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतमा मर्नेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो। स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा सोमबार २ लाख ५९ हजार १७० जना कोरोना संक्रमण भएको छ ।

यो सँगैं भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको छ। हालसम्म भारतमा १२ करोड ७१ लाखलाई कोरोनाको खोप दिइसकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्