मुख्य समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु

By Saru Sunar

April 20, 2021

वैशाख ७, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मङ्गलबार बुटवल उपमहानगर १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगर ८ कि ६५ वर्षीय महिलाको सोमबार मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा पछिल्लो एक हप्तामा ६ जना संक्रमितको ज्यान गैसकेको अस्पतालले जनाएको छ ।