कपिलवस्तुको बुद्धभुमीमा सवारी दुर्घटना २१ जना घाइते , एकको मृत्यु



वैशाख ७, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि–९ सुरगरवरवा नजिक बस र ट्रक एकापसमा टोक्किदा एकको मृत्युु भएको छ । मंगलबार (आज) विहान साढे १०ः५० बजेको समयमा सुरगरवरवा नजिक बस र ट्रक एकापसमा टोक्किदा एकको मृत्यु भएको हो । उपचारको क्रममा बस चालक बाणगङ्गा नगरपालिका–१ का २९ वर्षीय कृष्ण बहादुर कुवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमध्ये ५ को अवस्था गम्भीर रहेको छ । कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भन्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुबाहक बस र बिपरीत दिसाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको ट्रक एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

बसको क्याबिनमा बसेका र दुवै चालकको सहित  ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए ।  केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ । सामान्य चोट रहेकालाई स्थानीइ बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवल तर्फ लगिएको बताईएको छ ।  गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्