पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि



७ वैशाख, काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

कुम्भ मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्