बिपन्न दलित परिवारलाई नेशनल लाईफ द्धारा१३ लाख प्रदान




सैघाली खबर

दाङ, १० माघ । बिपन्न दलित परिवारलाई नेशनल लाईफ ईन्सुरेन्स मृत्यु १३ लाख रुपैयाँ प्रदान गरेको छ ।घोराही उपमहानगरपालिका १२ निवासी हापुर रतनपुर निवासी विक्रम सार्कीको परिवारलाई मृत्यु दावी भुत्तानी बाफतको रकम प्रदान गरेको हो । बैदेशिक रोजगारको शिलसिलामा दुबै गएका सार्की गत महिना घर मात्र विदामा फर्किएका थिए । घर विदामा आएका बेला सेवार खेला नजिक भएको सडक दुर्घटनामा परि उहाँको मृत्यु भएको थियो । बैदेशिक रोजगार म्यादी जीवन विमा बाफतको मृत्यु दावी भुत्तानी बरावरको १३ लाख रुपैयाँ प्रदान गरेको नेशनल लाईफ ईन्सुरेन्स कम्पनी दाङ शाखाका प्रमुख मोहन पुरीले जानकारी दिनुभयो । मृतक विक्रमको घरमा एक कार्यक्रमको आयोजना गरी मृतक मृतककी श्रीमती पुजा सार्कीलाई १३ लाख बरावरको चेक कम्पनीका प्रमुख मोहन पुरीले हस्तान्तरण गर्नु भएको थियो ।

विक्रमले जीवन विमा बाफतको पहिलो किस्ता ३ हजार ९ सय २४ रुपैयाँ मात्र कम्पनीलाई भुत्तानी गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्ने बत्ताहरुले मृत्यु पछि पनि जिवन बिमा बाफतको रकम आबश्यक पर्ने बताउँदै अनिवार्य जीवन विमाको आबश्यकता रहेको बताएका थिए । आर्थिक अबस्था कमजोर हुदा छोराछोरीको पठन पाठन गर्न निकै समस्या भएको वताउँदै विमा बाट आएको रकमले छोरा छोरीको पठन पाठनका लागि खर्च गर्ने बताउँनुभयो । कार्यक्रममा मावि हापुर रतनपुरका प्रधानध्यापक विरबहादुर रावत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक न्यौपाने , समाज सेवी ईन्द्र गिरी, वडा नं. १२ का दलित महिला सदस्य शान्ता सेर्पाली लगाएतले बोल्नु भएको थियो । डम्बरबहादुर श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन श्रीधर योगीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्