प्रदेश समाचार

बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन गरिने

By Saru Sunar

April 20, 2021

वैशाख ७, नेपालगंज । कोरोना संक्रमितको संख्या बढेपछि वैशाख ९ गतेदेखि लकडाउन गरिने भएको छ। मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।

संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डिसिसिएमीले जनाएको छ। संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा चैत २० देखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भएको छ। हिजो मात्र बाँकेमा ३२२ जना संक्रमित थपिएका थिए ।

सातायता संक्रमण उच्च भएको छ, यसलाई रोकथाम गर्न लकडाउन गर्नुको विकल्प छैन,’ प्रमुख जिल्लाअधिकारी शिवराम गेलालले भने, ‘पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुन्छ।’ पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ।