त्रिकोणात्मक टि २० सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित



६ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।मंगलबार कीर्तिपुरस्थित  टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

नेदरल्याण्डका बिन कपरले ५५ रनको योगदान दिए । लिडाले ८१ रन जोडे । यस्तै, टाविस भिसाले १५, पिटार सेलारले ३१, स्कट इड्वार्डले २ र आर्यन दत्त शून्य रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । अविनाश बोहरा र कुशल मल्ल र करन केसीले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई २०७ रनको चुनौती दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए ।  यस्तै, दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । यस्तै, विनोद भण्डारी र सोपमाल कामीले क्रमश ७ र २१ रन जोडे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्