प्रदेश समाचार

तेह्रथुमको सिद्धकाली मा.वि लाई ७१,००० बराबरको सामाग्री हस्तान्तरण

By Saru Sunar

April 20, 2021

इन्द्र नेपाली तेह्रथुम

समाज सेवि देव बास्कोटा पहलमा फागुन १४ गते आकस्मिक आगलागी भएको सिद्धकाली माध्यमिक फेदाप २ ओयाक्जुङ तेह्रथुमलाई विद्यालयको प्रशासन सञ्चालनमा समस्या भएको जानकारी भए संगै फेदाप २ ओयाक्जुङ घर भई हाल प्रदेशमा रहने पूर्व विद्यार्थीहरुले सहयोग गरेका छन ।

प्रदेशमा कार्यरत डोलेस्वर जोगि, २५ हजार कृष्ण उपुरकोटि ३० हजार ४सय ५२, सकुन सुब्बा १० हजार त्यस्तै गङा प्रसाद न्यौपाने ६ हजार गरि ७१ हजार ४सय ५२ सहयोग गरेका थिए विद्यालयलाई चाहिने लाईब्रेरिका सम्पुर्ण पुस्तक साथै बास्कोटाको तर्फ देखी १५,०००/ बराबरको साउण्ड सिस्टम सहयोग गरिएको संयोजक बास्कोटाले बताउनु भयो ।

समाजसेवी बास्कोटाको पहलमा स्थानीय कृष्ण न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक कुल प्रसाद दुलाललाइ उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो समाजसेवि बास्कोटाले भने केहि दिन अघि ५७ हजार ७ सय बराबरको सामग्री समेत सहयोग गरि सक्नु भएको छ ।