नक्कली PCR रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लि का कर्मचारी पक्राउ



काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. (संचालक डा.सि.पी.श्रीकुमार) र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि. ( सन्चालक प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ) समेतबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुका लागी आवश्यक पर्ने PCR रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्याधीक रकम लिई स्वाबको नमुना समेत नलिई एक-दुई घन्टा भित्रमा नै नक्कली PCR रिपोर्ट दिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।०१।०७ गते दिउसो अ. १४:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि बाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ (आठ ) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रा.लिको सेवा हाल लाई बन्द गरिएको ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आए अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग PCR परीक्षण शुल्क प्रतिब्यक्ति रु,९,००० ।-लिई सुरिया हेल्थकेयर प्रा.लि.संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको बुझिएको ।

पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला झापा गौरादह न.पा.वडा नं.७ घर भई हाल का.जि.का.म.न.पा.३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब.रायमाझी ।
२.जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१३ घर भई हाल ल.पु.ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।
३.जिल्ला महोत्तरी गौशाला न.पा.१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।
४.जिल्ला महोत्तरी सोनाम गा.पा.वडा नं.६ घर भई हाल का.जि.सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।
५.जिल्ला मोरङ बिराटनगर म.न.पा.वडा न.पा.३ घर भई हाल का.जि.अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।
६.जिल्ला महोतरी गौसाला न.पा.वडा नं. १ घर भई हाल का.जि.बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।
७.जिल्ला दोलखा बैतेश्वरी न.पा.वडा न.५ घर भई हाल का.जि.चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।
८.जिल्ला सप्तरी मध्यपुरा गा.पा.वडा न.१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा.खेलानन्द प्रसाद सिंह ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्