भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि



भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्