प्रदेश नं.५ मा तीन महिला निर्विरोध निर्वाचित 



 सैघाली खबर

दाङ,१० माघ । गत माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं ५ बाट तीन जना महिला निर्विरोध निर्वाचित भएका छन । प्रदेश नं ५ मा रहेको महिला आरक्षणमा तीन जना महिलाले मात्र मनोनयन दर्ता गरेपछि निर्विरोध निर्वाचित भएका हुन । नेपाली कांग्रेसका तर्फबाट पूर्व सासंद अनिता देबकोटा एमालेका तर्फबाट लोक गायिका कोमल ओली, र मिना बुढा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

 

यद्यपी निर्बाचन कार्यालयबाट भने घोषणा अझै नभएको रावलले जानकारी दिनुभयो । देवकोटा र ओली दाङ बाट उम्मेदवारी दिनु भएको हो भने बुढाले रोल्पा बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।उनले भने, ‘ उहाँहरु महिला आरक्षणमा निर्विरोध निर्वाचित हुनु भएको छ। तर आधिकारिक घोषणा भने माघ १५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यसका साथै प्रदेश नं. ५ मा राष्ट्रिय सभा निर्वाचनमा चार राजनैतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।जसमा खुल्लातर्फ ४, महिलामा ३, दलितमा २ र अपाङ्ग रअल्पसंख्यकमा २ जना गरी जम्मा ११ जनाको उम्मेदवारीले दर्ता गराएको हुन् ।

 

खुल्लामा
नेकपा एमाले–खिमलाल भट्टराई
नेकपा माओवादी केन्द्र–चन्द्रबहादुर खड्का
नेपाली काङग्रेस–दुर्गा प्रसाद उपाध्याय
राष्ट्रिय जनमोर्चा–रश्मीराज नेपाली

महिलामा

नेकपा एमाले–कोमल वली
नेकपा एमाले–मिना वुढा
नेपाली काङ्ग्रेस–अनिता देवकोटा

दलित

नेकपा एमाले–रामलखन हरिजन
नेपाली काङग्रेस–मैकलाल वाल्मीकी

अपाङ्ग/ अल्पसंख्यक
नेकपा माओवादी केन्द्र–रामकुमार कवर
नेपाली काङग्रेस–लुटबहादुर खत्री

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्